‘सरकार र प्रहरीको बर्दी देखेर कोरोना डराउँछ ? ’

हेटौडा न्युज
३ चैत्र २०७६, सोमबार २२:१५
;

सरकारको पछिल्लो समयमा जनताको ‘आँखामा छारो हाल्ने’ मात्र भएको भन्दै प्रदेशसभा सदस्यहरूले आलोचना गरेका छन् । सोमबार बसेको प्रदेश १ सभा बैठकमा बोल्दै सांसदहरूले कोरोनाको सङ्क्रमणबाट बच्नका लागि सरकार गम्भीर नबनेको आरोप लगाएका हुन्।

बैठकमा शून्य समयमा बोल्दै  प्रदेशसभा सदस्य केदार कार्कीले भारतसँग सीमा जोडिएको नाका जोगबनीमा प्रदेश सरकारले गरेको तयारी फितलो भएको र जनतालाई ढाँट्नका लागि धेरै प्रचार मात्रै भएको आरोप लगाएका छन् ।

सीमा नाकामा राखिएको ‘हेल्थ डेक्स’मा आवश्यक पूर्वाधार केही पनि नभएकाले सीमामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी झन् खतरामा उनले बताएका छन् । उनले भने, ‘बिना मास्क, बिना पञ्जा सीमानामा खटिएका प्रहरीले सर्वसाधरणलाई चेकजाँच गर्न पठाउँदैछन् ।  ‘सरकार र प्रहरीको बर्दी देखेर कोरोना डराउँछ ?’

हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग सामान्य उपकरणसमेत नभएको उनको भनाइ छ । ‘त्याहाँ खटिएका ८ जना स्वास्थ्यकर्मीले कोरोनाको सङ्क्रमणका लागि आवश्यक पर्ने कपडा र उपकरण प्रयोग गर्न पाएका छैनन्’, उनले भने, ‘हाम्रा मन्त्रीज्यूहरू सिङ्गान पुछ्न सिकाउँदै हिड्नुहुन्छ, यसले कोरोनाको सङ्क्रमणबाट बचाउँने हो ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*