हाँडीखोलाले थाल्यो विद्युत् उत्पादन

हेटौडा न्युज
४ चैत्र २०७६, मंगलवार १७:५५
;

सिन्धुपाल्चोकको हाँडीखोला साना जलविद्युत् आयोजनाले पूर्ववत् विद्युत् उत्पादन थालेको छ ।पाचँपोखरी थाङपाल गाउँपालिका–४ मा अवस्थित जलविद्युत् आयोजनाको पावर हाउस पहिरोको कारण विद्युत् उत्पादन बन्द भएको २१ महिनापछि आयोजनाले पूर्ववत् विद्युत् उत्पादन सुरु गरेको हो ।

 ०७६ चैतदेखि आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको आयोजनाका सञ्चालक इन्द्र बहादुर पाखे्रनले जनाएको छ । यसअघि ०७२ मा गएको भूकम्पले पनि यो आयोजनामा क्षति पु¥याएको थियो । त्यसबेला ४ महिना आयोजना बन्द भएको थियो ।

भूकम्पपछिको मर्मतका झण्डै ३० लाख रुपैयाँ खर्च लागेको थियो । त्यतिबेला विद्युत् उत्पादन बन्द हुँदा ६० लाख रुपैयाँबराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

९ सय ९१ किलोवाट क्षमता रहेको हाँडीखोला साना जलविद्युत आयोजना ०६७ सालमा निर्माण सम्पन्न भएको हो ।

१८ करोड रुपैयाँमा सम्पन्न आयोजनाले ४ करोड रुपैयाँ मात्रै पेनाल्टी तिर्न परेको थियो ।

२१ महिना जलविद्युत आयोजना बन्द हुँदा आयोजनाले ८ करोड ६५ लाख घाटा बेहोर्नुपरेको छ । यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा पुग्ने गर्दछ ।

आयोजनाबाट उत्पदान भएको बिजुली बर्खा सिजनमा ३ रुपैयाँ ९० पैसा र हिउदँमा ५ रुपैयाँ ५९ पैसामा बिक्री हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*