कोरोनाको त्रासः  नेपाल भारत चल्ने साना गाडी बन्द

हेटौडा न्युज
४ चैत्र २०७६, मंगलवार १८:४७
;

नेपालमा कोरोनाको जोखिम हुने भन्दै बनबासा नाकामा नेपाल भारत चल्ने साना गाडी प्रशासनले बन्द गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गरि आज बाट बनबासा नाकामा नेपाल भारत चल्ने साना गाडी पनि बन्द गरीएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

विश्वभर कोरोनाको संक्रमण भईरहेको बेला यसको संक्रमण हुन नदिन नेपालले नाकामा उच्च सर्तकता अपनाएको हो । 

भारतमा अहिलेसम्म कम्तिमा १२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म विश्वमा सात हजारबढी मानिसको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*