दुबई पठाइदिन्छु भन्दै साढे १० लाख ठगी गर्ने मगर पक्राउ
वैदेशिक रोजगारीका दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भएका ३८ वर्षी शिव कुमार घर्ती मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले दुबईमा आकर्षक तलब पाउने गरी वर्किङ भिसामा पठाइदिने भन्दै विभिन्न ९ जनाबाट १० लाख ५३ हजार रुपैयाँ उठाएका थिए ।
लामो समयसम्म पनि भिसा नलागेपछि रकम बुझाएका युवाहरुले आफूहरु ठगिएको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी दिएको जनाईएको छ ।
पीडित युवाहरुको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले मगरलाई काठमाडौंको गोंगबु चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मगरमाथि थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।