लाठी प्रहार गरी आफ्नो श्रीमतीको हत्या

हेटौडा न्युज
४ चैत्र २०७६, मंगलवार २०:४५
;

कञ्चनपुरमा श्रीमानको कुटाईबाट श्रीमती खन्जारी बयाडीको मृत्यु भएको छ । पुनर्वास नगरपालिका वार्ड नं. ८ क गाउँमा  सफली बयाडीले लाठी प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका हुन ।

गत चैत्र २ गते राती १० बजे सामान्य घरायसी विवादमा ६३ बर्षिया सफलीले ५९ बर्षिय श्रीमती खन्जरी बयाडीलाई लाठीले निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि  सफलीले घाईते श्रीमतीलाई आफै बोकेर आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा लगेका थिए ।
 
उपचार सम्भव नदेखिएपछि घाईते श्रीमतीलाई धनगढी पर्‍याएको  थियो । त्यहाँपनि उपचार सम्भव नभउपछि नेपालगन्ज पर्‍याएको थियो तर त्यहाँ पनि उपचार हुन नसकेपछि श्रीमतीलाई लिएर सफली पुनः घर फर्किए लगत्तै श्रीमती खन्जारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमान सफालीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको प्रहरीले जनाएको छ । मृतकको शव कैलालीको  सेती प्रादेशीक अस्पताल धनगढीमा पोस्टमार्टमका लागि लग्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*