सार्वजनिक सवारीसाधनमा दुर्व्यवहार गर्ने ५ सय ४० जना पक्राउ
उपत्यकाका सार्वजनिक सवारीसाधानमा दुर्व्यवहार गर्ने ५ सय ४० जना पक्राउ परेका छन् । प्रहरीले चलाएको अपरेशन सेफ्टी पिन अभियानका क्रममा पुस महिनादेखि हालसम्म ५ सय ४० जना पक्राउ परेका हुन् ।
सार्वजनिक यातायातलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री बनाउने उद्देश्यले यो अभियान जारी राखिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीले जनाएको छ । अभियानका क्रममा पाकेटमारीमा संलग्न पनि समातिएका छन् ।
अभियानबाट सार्वजनिक सवारीसाधन तथा मेला पर्वहरु व्यवस्थित, सुरक्षित, मर्यादित र महिला बालबालिका तथा जेष्ठ नागरिकमैत्री हुँदै गएको उनले बताएका छन् ।
अभियानबाट अपराध गतिविधिहरु न्यूनिकरण हुँदै गराइरहेको प्रहरी बतउँछ । महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार पुस महिनादेखि हालसम्म पक्राउ परेकामध्ये अश्लिल हर्कत गर्ने २७ जना, शारीरिक यौनजन्य दर्व्यवहार ६२ जना, अपशब्द, अश्लिल गाली गलौज १२ जना, पाकेटमारी ८९ जना, लागूऔषध लगायत अन्यमा ३५० जना छन् ।
तीमध्ये रहेकोमा ६१ वटा मुद्दा दर्ता गरी १४६ जनालाई कानून बमोजिम कारबाही गरिएको ज्ञवालीले बताए । त्यस्तै, ३९४ जनालाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको उनले बताए ।