मन्त्री बिना मगरद्वारा मेलम्चीको निरिक्षण, भनिन्ः काठमाडौंमा पानी समयमै आउँछ
सोमबारबाट मेलम्ची खानेपानी आयोजनाको एक किलोमिटर सुरुङ मार्ग परीक्षण सुरु भएको छ । मेलम्चीको हेडवक्र्सबाट सुरुङ मार्गको परीक्षण गरिएको हो ।
आयोजनाका कार्यकारी निर्देशक रितेश खत्रीले मेलम्चीको काम अन्तिम चरणमा पुगेकाले निर्माण सम्पन्न भएका संरचनाको परीक्षण भइरहेको जानकारी दिए ।
खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य उत्साहजनक रहेको बताएकी छिन् । सोमबार मेलम्ची पुगेर आयोजनाको निरीक्षण गरेकी मन्त्री मगरले द्रुुत गतिमा काम भएकाले तोकिएको समयमा मेलम्ची काठमाडौँ आउनेमा कुनै शंका नभएको दाबी गरेकी छिन् ।
अहिलेसम्म हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको काम, सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेसनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।