हेटौंडाकै नमुना सडकको निर्माण कार्य शुरु

हेटौडा न्युज
४ चैत्र २०७६, मंगलवार २३:१९
;

हेटौंडा– ४ नगर विकास क्षेत्रमा नमुना सडक निर्माण कार्यको शुरुवात गरीएको छ ।  हेटौंडा उपमहानगरपालिका– ४ चिल्ड्रेनपार्क देखि नगरविकास क्षेत्रको १ हजार ३ सय किलोमिटर सडक पीच गर्ने काम थालिएको हो ।  

नगरकै नमुनाका रुपमा रहने उक्त सडकमा व्यवस्थित नाली, पानीको लाइन, सडकपेटी सहित कालो पत्रे गरीने बताइएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सवै पूर्बाधारका कामको शिलान्यास गर्दै विकास निर्माणको काम गर्न पैसाको अभाव हुन नदिने समेत बताएका छन् ।

हेटौंडाकै  नमुना सडकको रुपमा सुविधा सम्पन्न सडक निर्माणका लागि आफुहरु लागिपरेको मेयर महतले बताए । 

उपमहानगरपालिकाको ८० लाख रुपैयाँ लागतमा चिल्डे«नपार्क क्षेत्रमा सडक निर्माण कार्यको शुरुवात गरिएको हो । २ करोड ५० लाख रुपैयाँ कुल लागतमा सडकको निर्माण सम्पन्न हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*