विप्लव कार्यकर्ताबाट कुटिए दुईजना

हेटौडा न्युज
४ चैत्र २०७६, मंगलवार २३:२२
;

नेपाल सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समुहको कार्यकर्ताले दुई जनामाथि कुटपिट गरेका छन् । कुटपिटबाट मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ बस्ने बुद्धिमान वाइवा र तीर्थलाल थोकर घाईते भएका छन् । 

मंगलबार भएको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै बागगमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले सो घटनाको जानकारी गराएका हुन् । 

विप्लव कार्यकर्ताले वाइवा र थोकरलाई अपहरण गरि चन्दाको माग गरिएको थियो । सो माग गरिएको चन्दा दिन इन्कार गरेपछि उहाँहरुलाई कुटपिट गरि गम्भीर घाईते बनाएको सांसद पुलामीले बताए ।  घाईते भएका दुवैजनाको बाराको निजगढ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

बैठकमा सांसद पुलामीले उक्त घटनाको तथ्यसत्य छानबिन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*