सरकारको नियन्त्रणमा निजी अस्पताल तथा स्वास्थ्य संस्था 

हेटौडा न्युज
४ चैत्र २०७६, मंगलवार २३:४८
;

निजी स्वास्थ्य संस्था तथा अस्पताललाई स्पेनको सरकारले  नियन्त्रणमा लिएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला स्पेनिस सरकाले देशमा भाइरसको संक्रमण फैलिन नदिन भन्दै निजि स्वास्थ्य संस्थालाई नियन्त्रणमा लिएको हो । 

स्पेनमा सम्पुर्ण देशबासीलाई सरकारले होम क्वारेन्टाइनमा राखेको छ तर पनि संक्रमण बढ्दै गए संगै निजी अस्पताललाई सरकारी स्वास्थ्य निकायको नियन्त्रणमा राख्ने निर्णय गरेको हो । आवश्यक परेमा सरकारले निजी अस्पताल खरिद गर्न सक्ने समेत बताएको छ ।

कोरोना भाइरसविरुद्ध स्पेनिस सरकाले विभिन्न योजनाहरु अघिसारेको छ जसमध्ये निजि स्वास्थ्य संस्थालाई नियन्त्रण गर्ने निर्णय सहयोगि हुने स्पेनका स्वास्थ्य मन्त्रालयले बताएको छ । स्पेनको सार्वजनिक स्वास्थ्य क्षेत्रलाई बचाइराख्न पनि यो निर्णय निकै महत्वपूर्ण हुने मन्त्रालयले जनाएको छ ।

स्पेनिस सरकारले स्वास्थ्य निकायलाई दिएको अधिकार अनुसार स्वास्थ्य निकायले आवश्यकताको आधारमा होटलजस्ता सार्वजनिक भवनलाई नियन्त्रणमा लिई त्यसमा कोरोना भाइरसको उपचारको व्यवस्था गर्न सक्ने समेत बताएको छ । साथै सबै मेडिकल आपूर्तिकर्ताले सरकारलाई आवश्यक मेडिकल सामग्री उपलब्ध गराउनु पर्ने जनाएको छ ।

मास्क, ग्लोब्सलगायत आवश्यक सुरक्षा सामग्री निर्मातालाई आफ्नो मौज्दात ४८ घण्टाभित्र सरकारलाई उपलब्ध गराउन स्पेनिस सरकारले निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*