मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरको कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
कौशलटारस्थित अरनिको राजमार्ग अन्तर्गत भक्तपुर बनेपा सडक खण्डमा बा५८प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं. ३–०२–००९ प ०३५९ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
कोटेश्वरबाट सुर्यबिनायकतर्फ आउँदै गरेको स्कुटीलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल स्कुटीको पछाडी ठोक्किएर दुर्घटना भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृतकको सनाखत भने नभएको बताएको छ । घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्कुटर चालक मध्यपुर ठिमी नगरपालिका–८ की १८ की इशा ढेकेलाई नियन्त्रणमा लिएको छ ।