पुनर्निर्माण प्राधिकरणको लाभग्राही सुचिमा १ सय ७० थप

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार ००:२०
;

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण लाभग्राहीको सुचिमा १ सय ७० लाभग्राही थपेको छ । १३ हजार ३ सय ८५ गुनासोको सम्बोधन गर्दै प्रधिकरणले १ सय ७० लाभग्राहि थपेको हो । 

प्राधिकरणको कार्यकारी समितिको मंगलबारको बैठकले लाभग्राही थप्ने निर्णय गरेको हो । बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही समेत थप्ने निर्णय गरेको छ ।

यससँगै बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवम् २०७६ मार्फत संकलन गरीएको १ लाख ८९ हजार गुनासो मध्ये १ लाख ८२ हजार ३०१ को नतिजा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरीएको नतिजा अनुसार १७ हजार १०६ पुनर्निर्माण लाभग्राही र ८ हजार ३०८ प्रवलीकरण लाभग्राही कायम भएको प्राधिकरणले जनाएको छ । बाँकी गुनासो चैत्र मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने बताइएको छ ।

कार्यकारी समितिले ३५९ प्रवलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ ।

प्राधिकरणले गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्नसमेत आग्रह गरेको छ ।

आफू लाभग्राही भइ अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन गर्न सक्ने प्रावधान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*