९ लाख भारतीय रकम सहित दुईजना पक्राउ
स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रकमसहित मकवानपुर प्रहरीले सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ बर्षीय विजय चौधरी र भारत नहेटी बस्ने ३८ बर्षीय शंकर सरकार रहेका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा हेटौंडा भएर विरगंज तर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरेलाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको भारतीय रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन् ।