कालोबजारी गर्नेलाई दुई लाख जरिवाना

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार १८:३३
;

विश्वभर कोरोना भाईरसको संक्रमण बढीरहेको बेला ग्यास र पेट्रोलियम पदार्थमा कालोबजारी दुई विक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गराएको छ । कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गर्ने  सत्याल एण्ड किराना पसल टिकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागको अनुगमनका क्रममा सत्याल एण्ड किरानाले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ ।
बुधबार विभागको टोलीले १० वटा र्फम तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरीवाना गराइएको विभागले जनाएको छ ।

कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम् मूल्य लिने काम कुनै पनि व्यपारीक र्फमहरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ । उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*