विदुयार्थीसँग लिँदै गर्दा प्रधानाध्यापक पक्राउ
विद्यार्थीसँग घुस लिन खोज्ने प्रधानाध्यापक पक्राउ परेका छन् । आयोगको क्षेत्रीय कार्यालय बर्दिवासले धनुषाको मिथिला नगरपालिका– २ नकटाझिँटमा रहेको जनता माध्यमिक विद्यालय प्रधानाध्यापक महेन्द्र महतोलाई विद्यालयबाटै २ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
एसईई परीक्षा २०७६ को फारम नभरेको भन्दै परीक्षार्थीसँग घुस लिइरहेको अवस्थामा प्रधानाध्यापक पक्राउ परेका हुन् ।
भ्रष्टाचार निवारण ऐनअनुसार उनीमाथि विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ । महतोले परीक्षा फारम भर्न छुटेका विद्यार्थीले ५÷७ हजार रुपैयाँ खर्च गरे प्रवेशपत्र उपलब्ध गराइदिने बताएका थिए ।
त्यसपछि विद्यार्थीहरुले आफूहरुले त्यति रकम तिर्न नसक्ने भनेपछि प्रअ महतोले दुई हजार रुपैयाँ माग गरेका थिए ।