कोरोनाको त्रासः ल्म हलदेखि जिमखाना र मनोरञ्जन स्थाल बन्द
कोरोना भाइरसफैलन नदिनको लागि सरकारले फिल्म हलदेखि जिमखाना लगायत मनोरञ्जन स्थल बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साँस्कृतिक केन्द्र र रंगशालाहरू पनि अप्रिल ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।
‘सिनेमा हल, साँस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने’ निर्णयमा उल्लेख गरिएको छ ।










