कोरोनाको प्रभावः चैत मसान्तसम्मका लागी स्कुल कलेज बन्द
कोरोना भाईरसको रोकथामका लागि चैत मसान्तसम्मका लागि सबै तहका विद्यालयहरूका पठनपाठन बन्द हुने भएको छ ।
बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सबै पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
साथै, चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने एसइई परीक्षा नरोकिने समेत जानकारी दिइएको छ।
समितिले परीक्षालाई व्यवस्थित बनाउनका लागि सबै केन्द्रहरूमा हेल्थ डेस्क स्थापना गराउन निर्देशन समेत दिएको छ।
चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने एसइई परीक्षाका प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्ने निर्णयमा उल्लेख गरिएको छ भने बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरू र विश्वविद्यालयहरूका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णयमा उल्लेख गरिएको छ ।











