२६ जना विद्यार्थी एसईई दिन नपाउने
७५ प्रतिशत हाजिर नपुगेपछि पाँचथरका २६ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिनबाट वञ्चित भएका छन् । हाजिर नपुगेका कारण उनीहरू परीक्षा दिनबाट वञ्चित भएको शिक्षा विकास तथा समन्वय एकाइ पाँचथरले जनाएको छ।
मापदण्डअनुसार उनीहरू परीक्षा दिन अयोग्य भएका हुन्। चैत ६ गते बिहीबारबाट सुरु हुने एसइईमा पाँचथरवाट ३८ सय २५ जना परीक्षार्थी सहभागी हुँदै छन्।
नियमिततर्फ ३६ सय १० तथा ग्रेडवृद्धितर्फ २ सय १५ जना परीक्षार्थी यस वर्षको एसइईमा पाँचथरबाट सहभागी हुँदै छन्। जिल्लामा २० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन जिल्लाका सबै परीक्षा केन्द्रमा कोरोना हेल्पडेक्स तथा आइसोलेसन कक्ष स्थापना गरिएको छ।