कोरोना भाइरसः एकैदिन ४७५ जनाको मृत्यु

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार १९:१४
;

कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन ४७५ जनाको मृत्यु भएको छ।

यो कोरोना भाइरसको संक्रमण सुरु भएयता इटालीमा एकैदिन भएको सर्वाधिक मृत्यु हो।

योसँगै संक्रमणबाट त्यहाँ ज्यान गुमाउनेको संख्या करिब ३ हजार पुगेको छ।

इटालीमा हालसम्म ३५ हजार ७१३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार जना स्वास्थ्य-लाभ गरी घर फर्किएका छन्।

कोरोना भाइरसका कारण इटालीमा सबैभन्दा बढी मृत्यु लोम्बार्डी क्षेत्रमा भएको छ। त्यहाँ एकैदिन ३१९ जनाको कोरनाभाइरसका कारण ज्यान गएको छ।

इटाली कोरना भाइरसबाट सर्वाधिक प्रभावित हुने चीनपछिको दोश्रो मुलुक हो।

कोरोना भाइरसको रोकथामका लागि पूरै इटाली दुई सातादेखि 'लकडाउन'मा छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*