अमेरिकाद्वारा नेपाललाई १८ लाख डलर सहयोग 

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २०:४५
;

अमेरिकी सरकारले कोरोनाभाइरस (कोभिड-१९) सम्बन्धी तयारी तथा रोकथामलाई सशक्त बनाउनका लागि १८ लाख डलर सहयोगको घोषणा गरेको छ । 

यसअघि २३ फागुनमा अमेरिकी सरकारले नेपालको स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको थियो ।

यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग (युएसएआइडी) को सङ्क्रामक सरुवा रोगविरुद्ध आपत्कालीन सञ्‍चित कोषमार्फत दिइएको जनाइएको छ ।

कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड-१९ को रोकथामबारेमा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न प्रयोग हुने बताइएको छ ।

बाँकी ७ लाख डलरले विश्‍व स्वास्थ्य सङ्‍गठनमार्फत कार्यान्वयन भएका हाल जारी तयारी तथा रोकथामका लागि प्रयोग हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*