कार्यकक्षमै कुटिए गाउँपालिका अध्यक्ष 

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २०:५५
;

जुम्लाको एक वडा अध्यक्षमाथि सोही क्षेत्रका एकजनाले कुटपिट गरेका छन् ।  सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलमाथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका हुन् । 

आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले जनाएको छ ।

 शर्मालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले जनाएको छ । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताए । उनले भने, ‘मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन ।’

यहाँको हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन गर्नकै लागि किन समिति गठन भयो र बालुवा गिट्टी कहाँ गइरहेको छ भन्ने विषयमा चासो बढेको छ । गाउँपालिकामा जथाभावी नदीजन्य वस्तु उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको छैन । समस्या बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*