कोरोनाबारे पत्ता लाग्यो नयाँ तथ्य, जनतामा जाग्यो नयाँ आशा

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २१:२६
;

कोरोना भाईरसको संक्रमण दिप्रतिदिन बढेसँगै विश्व समुदाय आक्रान्त बनेको छ । विश्वका १७६ मुलुकमा यसको संक्रमण फ्रलिएसँगै ८ हजार ९ सय ८३ व्यक्तिको मृत्यु भइसकेको छ । 

विज्ञ तथा बैज्ञानिकहरुले त्यसको रोकथामको लागि पहल गरिरहेका छन् । अष्ट्रेलियामा पिटर डोहर्टी इन्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटी अष्ट्रेलियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक महत्वपूर्ण पत्ता लागेको जनाइएको छ । जसका कारण अष्ट्रेलियाका वैज्ञानिकले पाएको सफलताले यो महामारीमा नयाँ आशा जगाएको जनाइएको छ ।

उक्त परिक्षणका लागि वैज्ञानिकले कोरोना संक्रमित ४० वर्षीया महिलाको रगत जाँच गरेका थिए र त्यसबाट हरेक मानिसको शरीरको प्रतिरक्षा प्रणालीले जसरी आमरुपमा फ्लुसँग लड्छ, त्यसैगरी कोभिड १९ विरुद्ध पनि लड्न सक्छ भन्ने पत्ता लागेको जनाइएको छ ।

त्यसैका आधारमा मानव शरीरको प्रतिरक्षा प्रणालीले कोरोना संक्रमणविरुद्ध कसरी काम गर्छ कुरा पत्ता लागेको हो । साथै त्यसको सफल परिक्षणपछि निदानका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान वैज्ञानिकको रहेको छ ।

डाक्टरहरुको निगरानी तथा उपचारका कारण कोरोनाबाट संक्रमित ती महिला अहिले स्वस्थ भइसकेकी जनाइएको छ । भने उक्त परिक्षणबाट कोरोनाको निदान गर्न सकिने दावी बैज्ञानिकहरुको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*