नेपालमा कोरोना संक्रमित छन्: डा. दिक्षित

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २२:०९
;

नेपालमा कारोना संक्रमित भएको वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले दाबी गरेका छन् ।  
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको दाबी गरेका छन् । 

उनले भने,‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु ।’

सरकारले आवश्यक्ताअनुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाएका छन् । डा. दिक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन ९परिक्षण किट० ल्याउन आग्रह गरेका छन् ।

दिक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधानविपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए । उनले भने,‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*