भरतपुरमा ७२ घण्टामै बन्यो ७० बेड भएको कोरोना विशेष अस्पताल (फोटोफिचर)

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २३:०२
;

चितवनको  भरतपुरमा ७२ घण्टामै अस्पताल निमार्ण सम्पन्न भएको छ । सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै  नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० बेड भएको अस्थायी अस्पताल निर्माण सम्पन्न गरिएको हो । 

""

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाएको अस्पतालका प्राविधिक संयोजक डा। भोजराज अधिकारीले जानकारी दिए ।

""

अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो । आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएपनि अन्य बेड बिहीबार नै तयार पारिएको छ ।

""

कोरोना फैलिएपछि छिमेकी मुलक चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो ।

""

""

""

भरतपुरमा पनि त्यसकै झल्को दिनेगरी ७२ घण्टामा ७० बेडको अस्पताल निर्माण गरिएको हो । 
उक्त अस्पताल शुक्रबारबाट बिरामी भर्ना गर्न मिल्ने तयार पारिएको हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*