प्रदेश १ मा ४४० शैय्याको क्वारेन्टाइन स्थल

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २३:२५
;

प्रदेश १ सरकारले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न प्रदेश १ मा ४४० बेड क्षमताको क्वारेन्टाइन स्थल निर्माण भएको छ ।  नेपाली सेनाले मोरङको टाँडी, झापाको भद्रपुर र उदयपुरको कटारीको बेलसोतमा क्वारेन्टाइन स्थल निर्माण गरेको हो । 

गत फागुन २९ गते प्रदेश सरकारले प्रदेश १ मा संभावित जोखिम न्यूनिकरण गर्न क्वारेन्टाइन स्थल निर्माणको निर्णय गरेको थियो ।

नेपाली सेनाले मोरङको टाँडीमा २००, झापामा ४० र उदयपुरमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थल निर्माण गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्रालयका अनुसार सरकारले कोरोना संक्रमण रोकथामदेखि सचेतनाका सबै संभव तयारीहरु गरेको बताएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*