प्याब्सन मकवानपुरद्वारा विद्यालयका पठनपाठन बन्द

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संंक्रमण न्युनिकरणका लागि प्याब्सन मकवानपुरले आफु मातहतमा आबद्ध सबै विद्यालयका पठनपाठन बन्द गरिएको छ ।
कोरोनाको संक्रमण नियन्त्रण गर्न निजी तथा आवासीय विद्यालयहरुको छाता संगठनको रुपमा रहेको संस्था प्याब्सनले बिहिबार एक सुचना जारी गर्दै मातहतका सबै विद्यालयको पठनपाठन बन्द गरेको हो ।
सरकारले कोरोना संक्रमणलाई मध्यनगर गर्दै राष्ट्रिय परीक्षा वार्डको परीक्षा समेत रोके पछि प्याब्सन मकवानपुरले आफु मातहतमा आबद्ध विद्यालयका पठनपाठन बन्द गराएको हो ।
प्याब्सन मकवानपुरको सरकारको निर्णयलाई समर्थन गर्दै पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । कोरोनाका कारण मकवानपुर जिल्लाका क्याम्पस, विद्यालय, परीक्षा सबै स्थगित भएको छ ।