हेटौंडामा ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका शंकास्पद बिरामीको निगरानी तथा व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडाको चार स्थानमा ५ सय शैड्ढयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २४ बुँदे निर्णय गर्दै हेटौंडा उपमहानगरपालिका–११ स्थित हेटौंडा एकेडेमीमा २ सय शैड्ढया, हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानमा १ सय शैड्ढया, गौरीटार खेलकुद एकेडेमीका १ सय शैड्ढया तथा कर्रास्थित सशस्त्र प्रहरी क्याम्पमा १ सय शैड्ढयाको क्वारेन्टाईन कक्ष निर्माण गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको विपद् व्यवस्थापन निर्देशक समितिले स्थान तथा शैड्ढया संख्या तोकेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो ।
साथै, हेटौंडा अस्पतालमा १ सय शैड्ढयासहित प्रदेशको सबै जिल्ला सरकारी अस्पताल गरी २ सय २९ आइसोलेट कक्ष तथा भेन्टिलेटरसहित आइसियु कक्ष निर्माण गर्ने प्रदेश सरकारले निर्णय गरेको उहाले तबाउुनभयो ।
‘भरतपुर अस्पतालमा ५०, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ अस्पतालमा ५–५, रसुवा अस्पतालमा ४, रामेछाप अस्पतालमा २, सिन्धुली अस्पतालमा ३, जिरी, मेथिनकोट, बगौडा र बकुलहर अस्पतालगरी ५० शैयाको आईसुलेट कक्ष व्यवस्थापन गर्ने तयारी छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै, निजी अस्पताल (मेडिकल कलेज) मा एक सय, भरतपुर अस्पतालमा २०, हेटौंडा अस्पतालमा १०, भक्तपुर र सिन्धुली अस्पतालमा ५–५, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा १० शैड्ढयाको भेन्टिलेटसहितको आइसियु कक्ष स्थापना गर्ने आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले बताउनुभयो ।
त्यस्तै, बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्मा खोरी, कालो बजारी तथा मिसावट गर्ने कार्यलाई कानुनबमोजिम कारबाही गर्ने व्यवस्था गर्न सरकारले सम्बन्धित निकायलाई जिम्मेवारी दिएको जनाएको छ।
प्रदेशभित्रका सबै सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, संग्रहालय, स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार, दोहोरी साँझ तथा क्लबहरू चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गर्दै सरकारले अनुगमन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय र प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। स्रोतः नागरिक दैनिक