क्यालिफोर्नियामा साँढे दुई करोड मानिस कोरोना संक्रमित हुनसक्ने 

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार १७:२०
;

अमेरिकामा कोरोना भाइरसको संक्रमण निकै फैलिएको छ । त्यहाँ साँढे दुई करोड मानिस संक्रमित हुनसक्ने अनुमान गरिएको छ ।

क्यालिफोर्नियाका गभर्नरले ग्याभिन न्युसमले कुल जनसंख्याको आधाभन्दा बढी संक्रमित हुनसक्ने पत्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएका थिए । बुधबार उनले पठाएको पत्रबारे यस्तो तथ्यांक पेश गरेको सीएनएनले जनाएको छ ।

यसलगत्तै क्यालिफोर्नियाले चार करोड मानिसलाई घरबाट ननिस्कन निर्देशन जारी गरेको छ । बिहिबारबाट लागू हुने निर्देशन अर्को सूचना जारी नभएसम्मका लागि लागू हुनेछ । यो अमेरिकामा पहिलोपटक कुनै राज्यले जारी गरेको निर्देशन हो । क्यालिफोर्नियामा अहिलेसम्म ९०० संक्रमित भएको र ९० जनाको ज्यान गएको तथ्यांक छ ।  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*