कोरोनाको त्रासका कारण देशभरका अदालत बन्द
देशभरका न्यायलयहरु दुई साताका लागि बन्द हुने भएका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले देशभरका न्यायलयहरु बन्द गर्ने भएको हो ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको ‘फुल कोट’ बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
सर्वोच्चको यस्तो निर्णयले आगामी चैत २२ गतेसम्मका लागि देशभरका अड्डाअदालतहरु बन्द हुने भएका छन् ।