कोरोनाको त्रासः अब मापसे चेकिङ नहुने, शंका लागे अस्पताल पुर्याइने
कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्र्दै ट्राफिक प्रहरीले सडकमा गर्ने गरेको मापसे चेकिङ बन्द गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नको लागि मापसे चेकिङ बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले जनाएको छ ।
तर, शंका लागेको अवस्थामा सवारी चालकलाई अस्पतालमा लगेर मदिरा सेवन गरे नगरेको परीक्षण गरिने एसएसपी ढकालको अस्पतालमा मापसे चेकिङ गर्दा लागेको खर्च सवारी चालक आफैंले व्यहोर्नु पर्ने छ ।
यसअघि ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर हिरासतमा समेत राख्ने थर्थ्यो । तर, अब भने अस्पतालमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाएर छाडिने छ ।
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने तथा मापसे गरेर सवारी चलाउने चालकलाई दिँदै आएको सचेतना कक्षा पनि तत्कालका लागि स्थगित गरेको छ ।