५ वर्षीय बालिकालाई जबरस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

७ चैत्र २०७६, शुक्रबार १९:२९
उदयपुरमा ५ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चौदण्डीगढी नगरपालिका–७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले विष्टलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।