आत्महत्या गर्न बाध्य बनाएको आरोपमा तीन जना पक्राउ
आत्महत्या गर्न बाध्य बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा धादिङ खानिखोला गाउँपालिका–१० घर भएका भक्तपुर मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली बस्ने ३६ वर्षीय अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भएकी ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भएकी एनिहा सुब्बालाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार साँझ भक्तपुर मध्यपुरठिमी नगरपालिका–१ मनहरामा खोटाङ दिक्तेल नगरपालिका–३ पिनालाखा घर भई मनहरा डेराकोठा गरी बस्ने ३५ वर्षीया बिमला राई आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा थप अनुसन्धान गररिरहेको छ ।










