श्रीलंकामा आजदेखी कर्फ्यू

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार १९:४३
;

श्रीलंकाकाले शुक्रबार साँझदेखि देशभर कर्फ्यू जारी गर्ने घोषणा गरेको छ। कोरोना भाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेका हुन्।

श्रीलंकामा अहिलेसम्म ५३ जना कोरोना संक्रमित बिरामीहरू छन्। कर्फ्यू जारी भएसँगै सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै सुचारू गर्ने बताइएको छ।

यसअघि श्रीलंकाले सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको थियो। गत बिहीबार  श्रीलंकाले संसदिय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो।

त्यस्तै भारतमा पनि जनता कर्फ्यू जारी गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार कोरोनाभाइरसबाट बच्नका लागि त्यहाँका जनतालाई बाहिर ननिस्कन आग्रह गरेका हुन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*