देशबासीको नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने 

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार २०:०१
;

प्रधानमन्त्री केपी शर्माओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । गत सातामात्र अस्पतालबाट मिर्गौला प्रत्यारोपण गरी फर्किएका प्रधानमन्त्रीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् । 

कोरोनाभाइरसको संक्रमणको जोखिम तथा न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कदम चालेको बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ । सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भीड नगर्न सर्वसाधारणलाई आह्वान गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*