हेटौंडामा कौशीमा तरकारी खेती सम्बन्धि तालिम
हेटौंडामा कौशीमा तरकारी खेती सम्बन्धि तालिम प्रदान गरीएको छ । हेटौंडा उपमहानगरपालिका–५ का करेसा बारी बनाउन प्रयाप्त जमिन नभएकाले समस्यामा परेका स्थानियहरुलाई परिवार तथा किसानलाई लक्षित गरी कौशीमा तरकारी खेती गर्ने तालिम दिइएको हो ।
बजार क्षेत्रमा तरकारी खेती गर्नका लागि जमिन नभएको समस्याालाई मध्यनजर गर्दै तालिम प्रदान गरीएको हो । बजार क्षेत्रका जमिन आवास तथा व्यावसायीक भवा निर्माणमा प्रयोग गरीएकाले बजार क्षेत्रमा तरकारी खेतीका लागि कौशी प्रयो गर्न सकिने र यस म्बन्धि प्रविधिको जानकारी गराउने उद्देश्यका साथ तालिम प्रदान गरीएको हो ।
तालिम लिने मात्र भन्दा पनि कौसीमा तरकारी खेती गरेर देखाउनका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले आग्रह गरेका छन् । उपमहानगरपालिकाको सहयोगमा तालिम दिइएको थियो ।