आठ महिनामा ७ दर्जन बढी सरकारी कार्यालयको ६१ प्रतिशत रकम खर्च

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार २१:१९
;

मकवानपुर जिल्ला भरका सरकारी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाकमा ६१ प्रतिशत रकम खर्च गरीसकेका छन् । मकवानपुरमा दश वटा स्थानीय तह र संघीय सरकार अन्तर्गतका ८७ वटा सरकारी कार्यालयले संघीय नेपाल सरकारले पठाएको बजेटको ६१ प्रतिशत रकम खर्च गरेका हुन् ।

चालु आर्थिक वर्षको साउन महिना देखि फागुन मसान्त सम्ममा ६१ प्रतिशत रकम खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय मकवानपुरले जनाएको छ ।

संघिय सरकाले चालु आर्थिक वर्ष २०७६÷७६ का लागि मकवानपुरका सबै सरकारी कार्यालयलाई ३५ अर्वको बजेट पठाइएको थियो । जसमध्ये आर्थिक वर्षको ८ महिनामा २१ अर्व ४४ करोड रुपैयाँ निकासा दिइसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरले जनाएको छ ।

प्रदेश सरकार अन्तर्गतका जिल्ला कार्यालयको खर्च भने यसमा समाबेश नगरीएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार सरकारी कार्यालयहरुले चालु र पुँजीगत गरेर २१ अर्ब ४४ करोड रुपैयाँ निकासा भइसकेको बताएको छ ।

संघीय सरकार अन्तरगतको रकम पुँजीगत भन्दा पनि चालु खर्च धेरै छ । चालु खर्चमा यस आर्थिक वर्षका लागि २९ अर्व २० करोड वजेट मध्यमा १९ अर्व २६ करोड रुपैयाँ निकासा भइसकेको छ । यो रकम भने प्रदेश र स्थानीय तहका कार्यालयलाई बित्तिय हस्तान्तरण अन्तर्गतको रकम हो । 

जिल्लाका सरकारी कार्यालय र स्थानीय तहलाई ५ अर्व ८० करोड रुपैयाँ मध्यमा २ अर्व १७ करोड रुपैयाँ खर्च भएको जनाएको छ । जिल्लाका सरकारी कार्यालयले पुँजीगत खर्च भने ३७ दशमलव ५ प्रतिशत मात्र गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*