अपडेटः गोली लागेर गम्भीर घाईते हुनेको पहिचान खुल्यो, उपचारका लागि हेलिकप्टर माफर्त काठमाडौं लगियो 

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार २१:३१
;

मकवानपुरको कैलाशगाँउपालिकामा  गोली लागेको व्यक्तिको पहिचान खुलेको छ । आज शुक्रबार बिहा कैलाश गाउँपालिका–८ आघेँभीर निवासी ३० वर्षीय लाल बहादुर मोक्तानमाथि गोली प्रहार गरिएको इलाका प्रहरी मनहरीका प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक शंकर श्रेष्ठले जनाएको छ ।

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा मोक्तानलाईलाई पछाडीबाट गोली प्रहार गरेको जनाएको छ ।  मोक्तानको छातीमा र दाहिने हातमा गोली लागेको छ ।

गोली लागे गम्भीर घाईते भएका मोक्तानलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । घटनाको अवस्थाअनुसार सानो खालको हतियारद्वारा गोली प्रहार भएको हुनसक्ने  प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्तिाको खोजी कार्य भइरहेको प्रहरीले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*