कोरोना व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको ५ करोड

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार २१:५२
;

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड –१९) को व्यवस्थापन गर्नको लागि बागमती प्रदेश सरकारले ५ करोड खर्च गर्ने निर्णय गरेको छ । कोरोनाको व्यवस्थापनको लागि सामाजिक विकास मन्त्रालय मार्फत उक्त रकम खर्च गर्ने निर्णय गरेको हो ।

आवश्यकताको आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।सार्वजनिक यातायातका सवारी साधनहरूमा सिट क्षमता भन्दा बढी यात्रु ओसार–पसार गर्न नपाईने, चल्न अघि निर्मलीकरण गर्नुपर्ने र यसको अनुगमन प्रदेश प्रहरी कार्यालयबाट गरिने निर्णय गरेको छ ।

यस्तै प्रदेश भित्रिने नाकाहरूमा स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क स्थापना र सञ्चालन गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारको सचिवालयले जनाएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*