सार्वजनिक सवारी बन्द गर्ने तयारीमा सरकार

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार २२:२७
;

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी गरीएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले काठमाण्डौं उपत्यका भित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी गरेको हो ।

कोरोना भाइरस संक्रमण फैलिएमा सबैभन्दा बढी जोखिमको क्षेत्र सार्वजनिक यातायात हुने भएकाले सरकारले काठमाडौं उपत्यकाभित्रको सवारी साधन बन्द गर्ने लागेको बताइएको छ ।

सवारी बन्दको निर्णय गर्न कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक जारी छ । शुक्रबार साँझसम्ममा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय यस समितिले लिने प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ । 

गत बुधबार समितिले कोरोनाको सम्भावित संक्रमण रोक्न सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसार पसार नगर्न र सवारीसाधनमा चढ्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको थियो ।

त्यसैगरी यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सवारीको रुट परमिट खुला गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*