रौतहट र मकवानपुरको सिमा क्षेत्रबाट विप्लव समुहका दुईजना पक्राउ
नेपाल सरकारद्वारा प्रतिबन्धीत नेकपा बिप्लब समुहका रौतहट इन्चार्जसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको माओबादी बिप्लब रौतहट जिल्ला इन्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ लाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब निरिक्षक हेम बहादुर शाहीको नेतृत्वमा खटिएको टोलीले रौतहट र मकवानुरको सिमाबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक थान नलकटुवा पेस्तोल एक थान ग्रिनेट बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक शाहीले जनाएको छ ।