तीनजनालाई कोरोनाको संक्रमण भएको आंशका, तीनैजना अस्पतालको आईसोलेसन वार्डमा 

हेटौडा न्युज
८ चैत्र २०७६, शनिबार १९:५२
;

तीन जनालाई कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । आशंका गरीएको तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीका अनुसार भारतबाट आएका उनीहरूलाई सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको हो । तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । 

उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ भने रिर्पोट सोमबार मात्र आउने डा. जोसीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*