कोरोना भाईरसको जोखिम बढेसँगै नेपाल सरकारले चीनसँग माग्यो १५ प्रकारका अत्यावश्यक सामग्री
विश्वका कयौं देशहरुमा कोरोना भाईरसको संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । कोरोनाको जोखिम बढेसँगैं नेपाल सरकारले चीनसँग विभिन्न उपकरणसहितका १५ प्रकारका अत्यावश्यक सामाग्री माग गरेको छ ।
सरकारी खरिद प्रक्रियाबाट त्यस्ता चिकित्सकीय सामग्रीहरूको खरिद गर्दा लामो र ढिलाइ प्रक्रिया हुने भएकाले मन्त्रालयले चीनसँग सहयोगस्वरूप ती सामग्री मागेको हो ।
मन्त्रालयले छोटो समयमै ल्याउन सकिने गरी सहयोगस्वरूप आत्यावश्यक स्वास्थ्य सामाग्रीहरूको माग गरेको जनाईएको छ । हाल मन्त्रालयले तत्काल अत्यावश्यक पर्ने उपकरण र सामग्रीको सूची बनाएर परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाइसकेको छ । ती सामग्रीको स्वीकृत भइसकेको जानकारी भने चीन सरकारले दिइसकेको छैन ।
मन्त्रालयले चीन सरकारसँग माग गरेका स्वास्थ्य सामग्रीहरूमा २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्वीपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर १०० थान छन्। त्यसैगरी, मोनिटर– २,००० थान, एबिजी मेसिन– २० थान, भाइरल डिटेक्टिङ पिसिआर मेसिन, २० थान अक्सिजन प्लान्ट, ५ थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन, १०,००० थान इन्ट्युवेटिङ सेट, २,००० थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, ७ थान सिआरआरटी मेसिन, २० थान पिसिआर किट्स, २,००० थान थर्मल थर्मो्मिटर, १,००० थान थर्मो स्क्यानर, १० थान मेडिकल सुविधा सहितको मोबाइल एम्बुलेन्स र ५ थान जसमा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्ससहित रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसनसम्मका सामाग्रीसमेत माग गरेको जनाईएको छ ।