चट्याङ लागेर एकजनाको मृत्यु

८ चैत्र २०७६, शनिबार २०:१४
चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो ।
आफ्नै घरमा बसिरहेको बेला शुक्रबार पौने आठ बजे हावाहुरीसँगै आएको चट्याङले उनलाई घाइते बनाएको थियो । घाइते श्रीसलाई उपचारको लागि पाल्पा लगेको बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका इन्स्पेक्टर राजजकुमार रावलले जानकारी दिए ।