सञ्जालमा भाईरल भएको सूचना भ्रामक
कोरोना भाइरस संक्रमणको विषयलाई लिएर फेसबुक लगायतका सामाजिक सञ्जालमा भाईरल भएको सूचना भ्रामक भएको भन्दै नर्भिक इन्टरनेसनल हस्पिटलले खन्डन गरेको छ ।
शनिवार बिहानैदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का बिरामी भेटिएको भन्ने भ्रामक र झुटा सूचना प्रेषित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अस्पतालले संकटका बेला भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
विश्व समुदायको नै चुनौति बनेको कोरोना भाइरसको संक्रमण भित्रन नदिन राज्य जुटिरहेको संवेदनशील अवस्थामा सबै निकाय एक भई समस्याको समाधानमा जुट्नुपर्ने बेला यस्ता भ्रामक सूचना आउनु खेदपुर्ण भएको भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्न पनि अस्पतालले माग गरेको छ । अस्पतालका नायब महाप्रबन्धक एवं प्रवक्ता आर पी मैनालीले उपचाररत कुनै पनि बिरामीमा कोरोना भाइरसको लक्षण नदेखिएको स्पष्ट पारे।फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड-१९ का बिरामी भेटिएको सूचना फैलिएपछि अस्पतालले त्यस्ता बिरामी फेला नपरेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेको छ।