चितवनमा पनि स्यानिटाईजर उत्पादन गर्न थालियो
बजारमा भएको अभावलाई मध्यनजर गर्दै चितनवनमा रहेको मितेरी जैविक प्याड उत्पादन कम्पनी उद्योगले स्यानिटाइजर उत्पादन गर्न थालेको छ । उद्योगकी अध्यक्ष सावित्री भण्डारीका अनुसार उद्योगको उत्पादन शुक्रबारदेखि बजार पठाउन थालिसकेको छ ।
जनशक्तिका साथै बोतल लगायत कच्चा पदार्थको सीमितताका कारण दैनिक १५–२० लिटर मात्र उत्पादन गर्न सकेको पनि उनले बताइन् ।
बिहीबारदेखि उत्पादन गर्न थालिएको स्यानिटाइजरको मूल्य ५० एमएलको रु ७० राखिएको भण्डारी बताउँछिन् । हालका लागि ५०, १०० र २०० एमएमलको बोतलमा बजारमा पठाइरहेको संस्थाले जनाएको छ।