कोरोनाको त्रास: १६ वटा साप्ताहिक पत्रिका बन्द
काठमाडौँबाट प्रकाशित पत्रिकाहरु बन्द हुने भएका छन् । विश्वभर फैलिरहेको कोरोनाभाईरस संक्रमणको जोखिमका कारण काठमाडौंबाट प्रकाशित हुने १६ वटा साप्ताहिक पत्रिकाका बन्द हुने भएका हुन् ।
जनआस्था, दृष्टी, देशान्तर, साँघु, नेपाली पत्र, पिपुल्स रिभ्यु, जनधारणा, मधेशवाणी, बुधबार, तरुण, हाकाहाकी, घटना र विचार, जनआव्हान, तामाकोशी, राष्ट्रवाणी र समयबद्ध पत्रिका बन्दको निर्णय गरेको हो । ति पत्रिकाका सम्पादकहरुले प्रेस काउन्सिललाई पत्र लेखेर यसबारे जानकारी गराएका छन् । उनीहरुले प्रकाशन बन्द भएका पत्रपत्रिकालाई बर्गिकरणमा सामेल गराउन भूकम्प र नाकाबन्दीका बेलामा झैं विशेष व्यवस्था मिलाउन माग गरेका छन् ।