मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ जना प्रहरी नियन्त्रणमा

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १६:४३
;

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मास्क र स्यानिटाइजर उपभोक्तालाई तोकिएको भन्दा बढी मूल्यमा बिक्री गरिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको हो । 

कोरोना भाइरस संक्रमणविरुद्ध अति आवश्यक मानिने मास्क र स्यानिटाइजर कालोबजारी गरेको आरापमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरीएको हो ।

प्रहरीका अनुसार अनगुमनको क्रममा जनकपुरधाम–४ स्थित सुस्मिता मेडिकल हलबाट सर्लाही बरहथवा–८ का संयज साह, जनकपुरधाम–८ भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषा लक्ष्मिनिया–३ का अनिल यादव र जलेश्वर–६ का प्रभन्स चौधरी र जनकपुरधाम–४ स्थित सम्पूर्ण मेडिकलबाट स्थानीय संजय साहलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ गरीएका ४ जना विरुद्ध कालोबजार मुद्दा चलाउने तयारी भइरहेको प्रहरी बताएको छ ।

कोरोना संक्रमणको त्रास फैलिए देखि जनकपुरधाममा मास्क र सेनिटाइजरको व्यापक अभाव भएको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको बेला बजारमा विभिन्न बस्तुको कृतिम अभाव सृजना गरी कालोबजारी गर्ने प्रवित्ति बढिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*