कोरोनाको त्रासः सिमानाका एक हप्ताका लागि बन्द

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १७:४४
;

नेपाल–भारत सीमानाका आजबाट बन्द हुने भएको छ ।  विश्वभर फैलीरहेको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित रहेको सिमानाका एक हप्ताका लागि बन्द गरिने भएको हो । 

कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का जनाएको छ । अत्यावश्यक सेवामा भने रोक नलगाइने प्रजिअ खड्काले जनाएको छ ।

भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो । छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट (डीएम)सहभागी थिए ।
भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यहाँ कार्यरत नेपालीहरु धमाधम स्वदेश पर्किन थालेका छन् । भारतसँग जोडिएको खुल्ला सिमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । 

सरकारले कोरोना भाइरसको रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडानलाई रोके पनि भारतसँग जोडिएका सीमानाका बन्द गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*