मकवानपुरको राक्सिराङमा खाद्य अधिकारसम्बन्धि तालिम सम्पन्न

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १८:०७
;

मकवानपुरको राक्सिराङ गाँउपालिकामा खाद्य अधिकार सम्बन्धि तालिम सम्पन्न भएको छ । चेपाङ महिलाहरूलाई लक्षित गरी आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धि पैरवी तथा नेतृत्व क्षमता विकास तालिम राक्सिराङ गाउँपालिका ५, चैनपुरमा सम्पन्न भएको हो । 

आदिवासी जनजाति महिला समूह नेपालले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आर्थिक सहयोगमा तालिम आयोजना गरेको हो । आदिवासी जनजातिको परिचय, आदिवासी जनजातिको अधिकारहरू, खाद्य अधिकार, खाद्य अधिकारका लागि स्रोतहरू लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।

तालिममा राक्सिराङ गाउँपालिकाका २७ महिलासहित ४४ जनाको सहभागिता रहेको थियो । आदिवासी जनजाति महिला समूह नेपालकी केन्द्रीय अध्यक्ष लक्ष्मी गुरूङ, मकवानपुर जिल्ला संयोजक उर्मिला पुलामी मगर लगायतले कार्यक्रममा सहजिकरण गरेका थिए ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*