जनचेतनामुलक  ‘कोरोना भाईरस’ बोलको गित सार्वजनिक 

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १८:२७
;

‘कोरोना भाईसरस’ बोलको  जनचेतनामुलक गीत सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा रहेको गितमा पत्रकार गोमा परियारको शब्द तथा गायक स्वयं खातीको संगीत रहेको छ । 

चिनको वुहानबाट सुरु भएको कोरोना भाईरसले अहिले विश्वभरी महामारीको रुप लिएको छ । १८८ देशहरुमा देखा परिसकेको  भाईरसले मुलुकलाई त्रसित बनाएको छ ।  

अहिले बिभिन्न माध्यमबाट कोरोनासम्बन्धि जनचेतना जगाउने कामहरु शुरु भईरहेको छ । यहिक्रममा कोरोना भाईरस गीतपनि बजारमा ल्याइएको हो । विश्वभरी १३ हजार बढिको ज्यान लिईसकेको कोरोनाको संक्रमणबाट कसरी जोगीने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी केकस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुँलन्देकी आमा, राजेन्द्र नेपाली लट्टे र ईश्वरी खातीको अभिनय रहेको छ ।

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

">http://

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*